भारतमाथी नेपालको शानदार जित

खेलकुद ताजा समाचार राष्ट्रिय खबर लोकप्रिय समाचार

नुवाकोट /
यू-२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो।

बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो। पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफको तेस्रो मिनेटमा नै भारतीय गोलकिपरको कमजोरीको फाइदा उठाउँदै अञ्जली चन्दले बराबरी गोल फर्काइन्।

खेलको ६७ औँ मिनेटमा भारतीय खेलाडीले डी-बक्सभित्र नेपाली खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालकी कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्।

खेलको ८८ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले अर्को गोल थप्दै नेपाललाई जित दिलाइन्। भारतका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा अपूर्ण नरजारीले गोल गरिन्। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरी ३ अंक जोडेको थियो। तेश्रो खेलमा आज नेपालले भारतलाई ३-१ ले पराजित गरेसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै फाइनल पुगेको हो।

भारतले पहिलो खेलमा भुटानलाई १२-० ले पराजित गरेर ३ अंक जोडेको भए पनि दोस्रो खेलमा आयोजक बंगलादेशसँग गोलरहीत बराबरी खेलेर १ अंकमात्र थप्न सक्यो। भारतले ३ खेलबाट जम्मा ४ अंकमात्र बटुल्न सक्यो।

आजै घरेलु टोली बंगलादेश र भुटानबीच लिगको अन्तिम खेल हुँदैछ। भुटानले खेलेका दुवै खेल हारेर पहिले नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

बंगलादेशको भने नेपालसँगको पहिलो खेलमा पाएको जितबाट ३ अंक र भारतसँग गोलरहीत बराबरीबाट १ अंक बटुलेर जम्मा ४ अंक छ। आजको खेल बराबरीमात्र गरे पनि बंगलादेश फाइनल पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *