नुवाकोट /
जिल्लाको तादी गाउँपालिमा प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधी म्यागङले जितेको छ। आयोजक तादी गाउँपालिकालाई पराजित गर्दै म्यागङ गाउँपालिकाको टिमले उपाधी चुमेको हो।
राष्ट्रियको लागी खेलकुद स्वास्थ्य को लागि खेलकुद बिकास को लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको उक्त प्रतियोगिताको प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य माननिय हित बहादुर तामाङ रहेका थिए भने बिशेश अतिथिहरुमा प्रतिनिधि सभा सदस्य माननीय रमेश कुमार महत र जि.स.स.प्रमुख राजेन्द्र बिक्रमसिंह ठकुरी रहेका थिए ।
बक्सर भाई कोच रहेको म्यागङ गाउँपालिकाको टिमले १ लाख ५० हजार प्राप्त गरेका छन। दोस्रो हुन सफल तादि गाउँपालिकाको टिमले १ लाख पुरस्कार हासिल गरेका छन भन तेस्रो स्थान हासिल गर्न सफल पन्चाकन्या गाउँपालिकाको टिमले ५० हजार पुरस्कार जित्न सफल भएको छ।
खेलको बेस्ट प्लेयर म्यागङका आयुस खड्का भएका थिए।