नुवाकोट/
जिल्लाको लिखु -४ चौघडामा एक वृद्धले विवाह गरेका छन्। १०३ वर्षीय वृद्ध विलप्रसाद पौड्यालले विवाह गरेका हुन्।

उनले आफ्ना ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनातीसमेत गरी १०८ जना सन्नतीकै अगाडि विवाह गरेका हुन्।

वृद्ध विलप्रसादले दोस्रो विवाह नभई नेपाली अर्थात् हिन्दू संस्कार अनुसार एक सय वर्ष उमेर पार गरेपछि पुर्नविवाह गर्नुपर्ने प्रचलन अनुसार पुर्नविवाह गरेका हुन्।

विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा (पौड्याल) सँग पुर्नविवाह गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय