नुवाकोट /
जिल्लाको म्यागङ -५ पोखरी डाँडामा जारी पाँचौ नगिनिकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको खेल पूरा भएको छ। २६ टिम सहभागी उक्त प्रतियोगिता अन्तर्गत पात्ले, पोखरी, आयोजक र विदुर सेमिफाइनल प्रवेश गरेका हुन।
आज भएको पहिलो खेलमा कल्लाबारी विरुद्ध कल्लाबारी खेलेको थियो भने दोस्रो खेलमा नवस्टार युवा क्लब पोखरीले चौतारा युवा क्लब धादिङलाई १ विरुद्ध ७ गोल गर्दै विजयी भएको थियो।
आजै भएको तेस्रो खेलमा नुवाकोट फुटबल क्लब विदुरले जनआवाज युवा क्लब मानेलाई १ का विरुद्ध ३ गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
यसैगरी आज भएको अन्तिम खेलमा आयोजक नगिनिथान युवा क्लबले कल्लाबारी युवा क्लबलाई २-१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
सेमिफाइनल खेल भोलि १२ बजे नवस्टार पोखरी र विदुर बिच हुनेछ भने पात्ले र आयोजक बिच दोस्रो सेमिफाइनल खेल हुनेछ।
