नुवाकोट /
चालु आर्थिक वर्षको अघिल्लो ६ महिनामै करिब चार लाख नेपाली रोजगारीका लागि विदेशिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन्। विभागका महानिर्देशक उमाकान्त आचार्यले गत दुई वर्ष बन्द रहेको मलेसियाको रोजगारी खुलेको र कतारमा जाने बढेकाले श्रम स्वीकृति लिनेको संख्या बढेको बताए।

आव २०७८/७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन्। पछिल्लो छ महिनाको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष करिब आठ लाख युवा विदेश जाने देखिएको छ।

विभागका महानिर्देशक आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताउनुभयो। पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ।

विभागका अनुसार साउनमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रम स्वीकृति लिएकोमा पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x