नुवाकोट /
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाइपछि यसअघिको जिल्ला अदालतको आदेश बदर भएको हो।

लामिछानेका वकिलहरूले उनको तर्फबाट जिल्ला अदालतको आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन दिएका थिए।
बिहीबार दिइएको १९ पन्ने आदेशमा लाछिमानेलाई देश छाड्न नपाउने गरी धरौटीमा छाड्नू भनिएको छ। नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन लामिछाने अब थुनामुक्त हुने भएका छन्।

लामिछानेले मुद्दाको फैसला नभएसम्म नेपाल छाड्न भने पाउने छैनन् ।यसका लागि उनले बाग्मती प्रदेश सरकारको अनुमति लिनुपर्नेछ। लामिछानेको पक्षबाट बहस गरेका अधिवक्ता सुवास पाठकले २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त हुने अदालतको आदेश आएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय