नुवाकोट/
जिल्लाका युवा व्यवसायी सन्तोष उप्रेती होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भरतपुरमा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट नुवाकोट उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उप्रेति पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उप्रेति होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको अध्यक्ष तथा शान्दार होटेलका संचालक पनि हुन् ।यस्तै सदस्यमा नुवाकोटको रोयल इन होटलका संचालक रामशरण अधिकारी (आर.एस) निर्वाचति भएका छन् ।
