त्रिबिलाई विद्यार्थीको प्रश्न: हाम्रो रिजल्ट कहिले ??

ताजा समाचार विद्यार्थी समाचार

नुवाकोट /त्रिविले परिक्षा सकिएको लामो समयसम्म पनि परिक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ।

मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अगाडि ६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टि यु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा हामी थाकी सक्यौ जस्ता प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

परिक्षफल समयमा नआउँदा त्यसभन्दा माथिल्लो तहमा भर्ना हुन समस्या भएको, विदेश पढ्न जान समस्या भएको ले समयमै परिक्षाफल सार्वजनिक गर्न त्रिविलाई दवाब दिन धर्ना दिइएको प्रदर्शनमा सहभागी विद्यार्थीले बताए।

परीक्षा नियन्त्रकसँग भेटेर कुरा गर्दा पनि उनी सकारात्मक नरहेको ले धर्नामै उत्रिनु परेको संगठनले जनाएको छ। मानविय संकायको बिए दोस्रो र तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छैन। व्यवस्थापनतर्फ बिबिएसतर्फबाट चौथो वर्षको नतिजा सार्वजनिक हुन बाँकी छ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *