नुवाकोट /
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पहिलो त्रैमासिक अवधिसम्म नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ। यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको देखिएको छ।

नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व ब्यांक समूह अन्तर्गत ‘इन्टरनेशनल डेभलपमेन्ट’ एशोसिएशन (आईडीए) हो। आईडीएसँग नेपालले पाँच खर्ब २६ अर्ब एक करोड १८ लाख बराबर ऋण लिएको छ।

त्यस्तै, एशियाली विकास ब्यांक (एडीबी) नेपालको दोस्रो ठूलो ऋणदाता हो। एडीबीलाई नेपालले तीन खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ।

नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग ४३ अर्ब ८९ करोड ५३ लाख बराबर ऋण लिएको छ।

एक्जिम ब्यांक लाइन अफ क्रेडिट–इन्डियासँग ३७ अर्ब ५६ करोड ६३ लाख, एक्जिम ब्यांक अफ चाइनासँग ३३ अर्ब ५१ करोड २८ लाख, इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टसँग १० अर्ब २५ करोड ४४ लाख र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टसँग आठ अर्ब ३८ करोड ३३ लाख बराबर ऋण नेपालले लिएको छ।

यूरोपियन इन्भेस्टमेन्ट ब्यांकको पाँच अर्ब ६१ करोड ५५ लाख, एक्जिम ब्यांक कोरियासँग पाँच अर्ब ६२ करोड ८५ लाख, साउदी कोषको तीन अर्ब तीन करोड, नर्डिक डेभलपमेन्ट फन्डको एक अर्ब ८१ करोड ८५ लाख र कुवेतको एक अर्ब ५० करोड ५७ लाख ऋण तिर्न बाँकी छ।

त्यसै गरी, नेपालले बेल्जियमसँग ५७ करोड ३६ लाख, यूरोपियन इकोनोमिक काउन्सिलसँग १९ करोड ५३ लाख, नाजिक्सिक ब्यांक फ्रान्ससँग १३ करोड ९५ लाख र एशियन पूर्वाधार लगानी ब्यांकसँग तीन करोड ७० लाख बराबर ऋण लिएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय