नुवाकोट /
वि.सं. २०८० सालमा दशैं एक महिना पछि सरेको छ। दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ ।

नयाँ पात्रो अनुसार कात्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ।

त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताए ।

अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ ।२५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

समितिले तयार गरेको पात्रो अर्को साता गृह मन्त्रालयमा पठाइने छ। गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ। विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय