नुवाकोट /
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहति गृहमन्त्रीमा आफूले दावी गरेको स्वीकार गरेका छन्। यद्यपि कसलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको बताएका हुन् ।
वानेश्वरमा भएको सत्ता गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै अध्यक्ष लामिछानेले आफू आफ्ना एजेण्डासहित सरकारमा जान लागेको बताए। ‘सत्ता साझेदारी हुने, सघाउने भन्ने हाम्रो निर्णय थियो, भोट माग्दा यी एजेण्डालाई साझा बनाउन सकिन्छ भन्ने थियो’, उनले भने, ‘जिम्मेवारी वाँडफाँटका सवालमा प्रधानमन्त्रीलाई जिम्मा छोडेका छौं।’


उनले आफूहरुको सर्त भ्रष्टाचारविरुद्ध आयोग बनाउने, विदेशमा रहेकाको भोटिङ राइटका साथै सामाजिक आर्थिक सहयोगका बारेमा रहेको र त्यो प्रतिवद्धतामा गठबन्धनमा सहमति जुटेको बताए ।
