नुवाकोट /
जिल्लाको तारकेश्वर -५ निग्लेनीमा आयोजित खुला नकआउट फुटबल प्रतियोगितामा सामरी युवा क्लबले सानदार जित निकालेको छ। आयोजक सयपत्री युवा क्लब(सि)लाई १ का विरुद्ध २ गोल गर्दै उक्त जित निकालेको हो।

यो जित संगै सामरी युवा क्लब १६ टिम सहभागी रहेको उक्त प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आजै भएको अन्य खेलमा आयोजक सयपत्री (ए) ५ कल्लाबारी युवा क्लब १, अर्को खेलमा हिउँचुली युवा क्लबले २ गोल गर्दा लर्केप युवा क्लबले -३ गोल गरेको छ।

यस्तैगरी सयपत्री (बि) लाई १ का विरुद्ध ३ गोल गर्दैभञ्ज्याङ् खर्क विजयी भएको छ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले २२ हजार २ सय २२ रुपैयाँ र द्वितीय हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय