नुवाकोट /
जिल्लाको म्यागङ ५ परमचेतमा अवस्थित चक्रदेवी आधारभूत विद्यालय जहाँ विद्यार्थी संख्या दिनानुदिन घट्ने क्रममा रहेको छ। हाल उक्त विद्यालयबाट ९ जना विद्यार्थी मध्य पनि अझै घट्ने क्रममा रहेको हो।

उक्त विद्यालयमा दुईजनाको दरबन्दी एकजना बालबिकास शिक्षक र एकजना कार्यालय सहयोगी गरि ४ जना शिक्षक कार्यरत रहेका छन।

धेरै जसो स्थानीय रोजगारीका लागि भारत गएकाले विद्यार्थी संख्या घटेको प्रअ सन्तबहादुर तामाङले नुवाकोट जागरणलाई बताए ।

हाल विद्यालयमा बालकक्षामा -२ जना ,१ कक्षामा -२, २ कक्षामा शून्य, ३ कक्षामा -३ जना, ४ कक्षामा -२ जना र ५ कक्षामा शून्य गरि ९ जना विद्यार्थी रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय