नुवाकोटको तारकेश्वरमा भाईद्वारा दाजु माथी बन्चरो प्रहार

समाचार

नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका -६ कुवापानीमा दाजुभाइको झगडामा बन्चरो प्रहार भएको छ। आपसी विवादमा हात हालाहाल हुँदा २८ वर्षिय भाई बुद्धि मान तामाङद्वारा ३२ वर्षिय दाजु भिम बहादुर तामाङ माथी बन्चरो प्रहार गरेको हो।

घाइते भिम बहादुर तामाङको अहिले जिल्ला अस्पताल त्रिशुलिमा उपचार भैरहेको छ भने खतरामुक्त रहेको कोलानि प्रहरी चौकिका हवल्दार सुन्दर श्रेष्ठले नुवाकोट जागरणलाई बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *