दुबई पुगेको एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटियो

अन्तराष्ट्रिय खबर

काठमाडौ /
शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो ।विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो। यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम हो ।घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।’

एयर इन्डिया एक्सप्रेसबाट यस घटनाको बारेमा कुनै जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *