नुवाकोट/
जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० भैसेमा दुई ओटा वस एक आपसमा ठोक्किँदा डेढ दर्जन घाइते भएका छन्।

रसुवाको धुन्चेबाट काठमाडौं हिँडेको बा ४ ख ८८२ नम्बरको वस र नुवाकोटबाट रसुवातर्फ गइरहेको नमस्ते पासाङ ल्हामु यातायातको प्रदेश ३–०१००५ख ९३५४ नम्बरको डिलक्स वस एक आपसमा ठोक्र्किँएका हुन् ।

दुर्घटना १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये १६ जनाको नुवाकोटको विभिन्न स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय