नुवाकोट /
भक्तपुरको लोकन्थलीस्थित नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हाे। घरअगाडि प्लास्टिकभित्र प्रेसर कुकर देखिएको छ।
बाँस्कोटा मंसिर ४ मा भएको चुनावमा गठबन्धनका उम्मेदवारलाई पराजित गरेर काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
