काभ्रेमा खाद्य डिभिजनका हाकिमद्वारा कार्यालयमै झुन्डिएर आत्महत्या

समाचार

काभ्रे/
जिल्लाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुखले आत्महत्या गरेका छन्। शुक्रबार कार्यालयका प्रमुख दिपेन्द्र घिमिरेले कार्यालयकै छ्तमा झुन्डिएर आत्महत्या गरेका हुन्।

प्रहरीका अनुसार बिहान कार्यालय समयमा नै आइपुगेका घिमिरेले अन्दाजी दिउँसो १२ बजेर १५ मिनेटको समयमा आत्महत्या गरिएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले खाद्यका प्रमुख घिमिरेले किन र के कारणले आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *