थापाथली तनावग्रस्त: सुकुम्बासी बस्ती हटाउन उत्रियो महानगर प्रदर्शनमा उत्रिए स्थानीय

ताजा समाचार समाचार

काठमाडौं/
थापाथलीको सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ। महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन्। स्थानीयले उनीहरूमाथि ढुंगामुढा गरेका छन् ।स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *