नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। सामरी कल्लाबारी डोजोको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

प्रशिक्षक गणेश तामाङद्वारा खेलाडी भाई-बहिनीहरुलाई कापी कलम वितरण गरिनुका साथै गोल्ड मेडल जित्न सफल रोशनी तामाङलाई आर्थिक सहयोग गरेर हौसला प्रदान गरेका थिए।

यसैगरी डोजोलाई आर्थिक सहयोग गर्ने राजकुमार थापा, सामरी युवा क्लब ,सुजन बज्राचार्य र केशबकुमार खड्कालाई सम्मानपत्र समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय