बाजुराम चल्यो गोलि: १ जनाको मृत्यु अधादर्जन घाइते

ताजा समाचार

नुवाकोट /
बाजुरा जिल्लामा गोली चल्दा एकजनाको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो।

सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरू स्थानीय घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’

यस्तै उनका अनुसार गोली चलेपछि आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। घाइतेहरूको पहिचान हुन सकेको छैन। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *