दुप्चेश्वर -५ भंगेरीमा आमाछोरीको हत्या

समाचार

नुवाकोट/
जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ।

धारिलो हतियार प्रयोग गरेर २१ वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी चार वर्षीया कृष्टिना खतिवडाको हत्या भएको नुवाकोट प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

 

उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *