धादिङ/
जिल्लामा शनिबार साँझ ८:३० बजे बोलेरो दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको ज्वालामुखी -४ टारीस्थित भित्री सडक खण्डमा ग.१ज. ५५८० नम्बरको पराल बोकेर आएको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको हो ।दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदेल रहेका छन् ।घाइते सबैलाई जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय