काठमाडौ /
यतिखेर देश प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवार,स्वतन्त्र उम्मेदवारलाई भोट माग्न भ्याइ नभ्याइ छ। उनीहरू जसरी पनि चुनाव जित्नका लागि मतदातालाई फोस्रो आश्वासन बाँडिरहेका छन्। तर,पाठ्यपुस्तकबारे भने कुरै छैन। घोषणापत्रमा भने शैक्षिक सत्र सुरु अगावै विद्यार्थीका हात हातमा पुस्तक पुर्याउने भन्दै आशा देखाइरहेका छन्।
मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतपत्र छापेर देशका सबै ७७ वटै जिल्लामा पुर्याइसकेको छ। समयमा पाठ्यपुस्तक छाप्न नसक्ने जनक शिक्षाा सामग्री केन्द्रले दुई महिनाको अवधिमा ८ करोड थान मतपत्र छपाइ गर्यो। शैक्षिक सत्र सकिन लाग्दा पनि पाठ्यपुस्तक जिल्लामा पठाउन नसक्ने सरकारले मतपत्र १० दिनमै देशका सबै कुनामा पुर्याइसकेको छ।
तर देशका विकट जिल्लामा पाठ्यपुस्तक महिनौंसम्म पनि पुर्याउने संरचना सरकारले बनाउन सकेको छैन।
