आमा म्यादी प्रहरी ,छोरा पाईलट

विद्यार्थी समाचार

मोरङ/
जिल्लाकी ४२ वर्षीया आमा कमला भण्डारी म्यादी प्रहरीमा छिन र उनका छोरा भने पाईलट बनेका छन। आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोरा डिग्री हासिल गरेपछि पाइलट बनेका हुन् ।

कमलाले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पठाइन् र अहिले आफ्नै पोशाक लगाएर व्यावसायिक डिग्री लिएका छन्। उनले इजरायलमा करिब ११ वर्ष हेरचाहकर्ताको रूपमा पनि काम गरिन्।

उनी नेपाल फर्किएर कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि गर्वको क्षण बनेको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *