नुवाकोट /
आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ ।निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ ।जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो ।तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् ।आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो ।यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ ।धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
