नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा व्यापक रूपमा देउसी भैलो कार्यक्रम गरि रकम संकलन गरिने भएको छ। कुंगारको तप्कगङमा बुद्धमुर्ति स्थापना गर्न श्री न्यू लालिगुँरास युवा क्लबको आयोजनामा उक्त देउसी भैलो कार्यक्रम हुने भएको हो।
हिजो कात्तिक ७ गते मंगलबार बसेको क्लबको बैठकबाट उक्त निर्णय पारित गरिएको क्लबका अध्यक्ष श्री बलबहादुर तामाङले नुवाकोट जागरणलाई बताए।


कुङ्गारको तप्कागङमा बुद्ध मुर्ति स्थापनार्थ खर्च गरिने आयोजकले बताएको छ भने लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई प्रमुख अतिथी बनाएर सांस्कृतिक कार्यक्रम समेत गरिने निर्णय भएको अध्यक्ष तामाङले बताए ।
