काठमाडौ /
चन्द्रागिरी गनरपालिका–४ थानकोटस्थित त्रिभुवन पार्कमा पसल फोडेर मदिरा चोर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ घर भएका ५८ वर्षका अर्जुनबहादुर कुमाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका ५० वर्षीय अर्जुन अधिकारी छन् ।

त्रिभुवन स्मारक पार्कस्थित देवरत्न महर्जनले सञ्चालन गरेको देवरत्न कोल्ड स्टोर राति फुटाएर चोर्दै गर्दा गएराति ११ बजे उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले आरोपीहरुले चोरेर प्याक गर्दै गरेको सिग्नेचर ५ बोतल, ब्लु रिमाईन्ड १ बोतल एप्पल साईडर १ बोतल , गोल्डेक वाक ११ बोतल र रोयल विस्की २ बोतल सहित विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ ।आरोपीहरु बिरुद्ध चोरी मुद्दा दर्ता गरेर प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय