नुवाकोट /
आज भएको खेलमा नव स्टार पोखरी र ग्रीन हेबन माझिगाउँ सेमि फाइनल प्रवेशको छ। यी दुई क्लब कन्यास्थान युवा क्लबको आयोजनामा जिल्लाको म्यागङ -६ पुरानोपानीमा जारी १० औं भंगेरी कपको सेमि फाइनलमा प्रवेश गरेको हो।
रोमाञ्चक बन्दै पेनाल्टी सुट आउटमा पुगेको आज भएको पहिलो खेलमा रुद्राक्ष विदुर -१२ लाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै नवस्टार पोखरी विजयी भएको छ। खेलको म्यान अफ द म्याच नवा स्टार युवा क्लबका गाेलकिपर शुसन खडका घोषित भएका छन् ।
त्यस्तै दोस्रो खेलमा द राइजिङ मंगोलियन किम्ताङलाई २ का विरुद्ध ४ गोल गर्दै ग्रीन हेबन बिदुर -८ माझिगाउँ विजयी बनेको छ।खेलको म्यान अफ द म्याच ग्रीन हेबन माझिगाउका गाेलकिपर सुजन श्रेष्ठ घोषित भएका छन् ।
प्लेम प्लेन युवा क्लब, मानेगङ टिकाडुङ, ग्रीन हेबन बिदुर -८ माझिगाउँ र नवस्टार पोखरी बिचको सेमिफाइनल खेल हुनेछ भने। कात्तिक ८ गते फाइनल खेल हुनेछ।