नुवाकोट /
जिल्लाको म्यागङ -६ मा जारी दशौं भंगेरी कपमा दोस्रो चरणको खेल शुरु भएको छ। जस अन्तर्गत आज भएको खेलमा ग्रीन हेवन माझीगाउँ र नवस्टार पोखरी विजयी बनेका हुन।
नवस्टार म्यागङ -६ पोखरी र नगिनिथान म्यागङ -५ पोखरी डाँडा बिचको रोमाञ्चक खेलमा १ -० ले नवस्टार युवा क्लब विजयी भएको छ। खेलको म्यान अफ द म्याच नवा स्टार युवा क्लबका मनिस मगर घोषित भएका छन् ।
त्यस्तै आजै भएको अर्को रोमाञ्चक खेलमा ग्रीन हेवन माझीगाउँले सामरी युवा क्लबलाई १-० ले पाखा लगाउँदै विजयी बनेको छ। खेलको म्यान अफ द म्याच ग्रीन हेबन युवा क्लब माझिगाउका बिबेक राई घोषित भएका छन।
