१० औं भंगेरी कपमा आज ३ खेल: प्रगतिशिल, नव स्टार र मनोगङ युवा क्लब विजयी

खेलकुद समाचार

नुवाकोट /
जिल्लाको म्यागङ -६ पुरानोपानीमा जारी १० औं भंगेरी कपको आज दोस्रो दिन ३ खेलहरु भएका छन् ।जस अन्तर्गतको खेलमा प्रगतिशिल, नव स्टार र मनोगङ युवा क्लब विजयी बनेका हुन।

आज सोमबार भंगेरी डाँडाको खेल मैदानमा भएको पहिलो खेलमा कल्लाबारी युवा क्लबलाई १-० ले पराजित गर्दै प्रगतिशिल युवा क्लब विजयी भएको थियो भने खेलको म्यान अफ दि म्याच प्रगतिशिल युवा क्लबका सन्तोष केसि घाेषित भएका थिए।

यस्तैगरी आजै भएको अर्को खेलमा
नवा स्टार युवा क्लब पोखरीले ६ गोल गर्दा मैबल युवा क्लबले भने शुन्यमै चित्तबुझाउनु पर्यो।खेलको म्यान अफ द म्याच चतुरमान तामाङ भएका छन् ।

त्यस्तै आजै भएको अर्को खेलमा ड्रीम मेकर युवा क्लब देउरालीलाई शुन्यमा रोक्दै मानेगङ युवा क्लब टिकाडुङ धादिङले ७ गोल गरेको छ। खेलको म्यान अफ द म्याच सुजन खनाल घाेषित भएका छन् ।

यस्तैगरी भोलि हुने ३ खेलहरु यसप्रकार रहेका छन:

१) पहिलो खेल -समारि युवा क्लब र कन्या स्थान युवा क्लब बिच बिहान (११:००) बजे
२) दोस्रो खेल हिमचुलि युवा क्लब बिदुर ५ र प्लेन्प्लेन युवा क्लब देरालि बिच दिउँसो (१:००) बजे
३) तेस्रो खेल लारकेप युनाइटेड ( लारकेप ) र नागिनिथान युवा क्लब बिच अपरान्ह (३:००) हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *