नुवाकोट/
नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा नुवाकोटका युवा नेता डा. भिमलाल तामाङले युवाहरु माझ एक संकल्प र चुनौती प्रस्ताव गरेका छन। उनले अबको चुनाव अबधिभरि कुनैपनि नेताको एक कप चिया र एक लिटर पेट्रोल नलिने संकल्प गर्न भनेका हुन।
नुवाकोट क्षेत्र नं -२ (ख) मा नेसपाबाट निर्विरोध उम्मेदवार प्रस्ताव भएका नेता तामाङले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “सम्पूर्ण नेपाली युवाहरूलाई एउटा चुनौती:
यदि तपाई देश बिकाश र जनताको हितको लागि सामाजिक तथा राजनीतिक चेतना भएको एक युवा हौं भने, अबको चुनाव अबधिभरि कुनै नेताको एक कप चिया र एक लिटर पेट्रोल नलिने संकल्प गरौं !
हैन भने तपाईलाई युवा भन्नु बेक्कार छ !!”