एकमाना झिंगाको साँढे दुई रुपैयाँ

समाचार

नुवाकोट /
आतंक लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ ।यतिबेला लामखुट्टेबाट आतंकित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतंकित बनेका थिए ।

घटना २०१५ साल साउन महिनाको हो। उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए। तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह-याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपियाँमध्ये छ हजार रुपियाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपियाँ परोपकार संस्था, दुई हजार रुपियाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपियाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय ग-यो। स्वास्थ्य निर्देशक रघुवर वैद्य हुनुहुन्थ्यो ।

कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो ।

कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो। एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपियाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो ।आजको गोरखापत्रमा समाचार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *