नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका -१ फलाटेमा खुला नकाउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ। हिजो बिहीबार सम्पन्न भएको उक्त खेल फलाटे युवा क्लबको आयोजना गरेको थियो।

पुरुष तर्फबाट -२५ टिम महिला र तर्फबाट ८ टिम गरि जम्मा ३३ टिम सहभागी भएको उक्त प्रतियोगिताको पुरुष तर्फको प्रथम उपाधी नमोबुद्द युवा क्लब चिलाउनेले चुमेको छ भने दोस्रो स्थान लर्केप युनाइटेड युवा क्लब र महिला तर्फको प्रथम उपाधी म्हेन्दो फोले युवा क्लब धादिङ काउले र दोस्रो स्थान सयपत्री युवा क्लब निङलेनिले चुमेको छ।

प्रथम पुरस्कार -१६०००/- र दोस्रो नगद -८००० रहेको उक्त प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई पुरस्कार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।

यसैगरी अनुशासनका साथ खेल खेल्ने चन्द्र सुर्य युवा क्लबको टिमलाई सम्मान पत्र समेत प्रदान गरेको छ। यस कार्यक्रम सहयोग गर्ने सहयोग दाता हरुलाई सम्मान पत्र दिएको छ।

उक्त फुटबल प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा माओवादी केन्द्र तारकेश्वरका अध्यक्ष सोमबहादुर तामाङ रहेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय