नुवाकोट /
जिल्लाको ककनी गाउँपालिकामा बाढिले बगाउँदा १ बालिकाको मृत्यु हुनुका साथै १ बालक बेपत्ता भएको छ। आज बिहीबार दिउँसो ३:४५ बजेको समयमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनएको छ।

ककनी गा.पा. २ सिमटार स्थित सिमटार बाट बेरुवा तर्फ जादै गरेको बा ८० प ७९७० नं. को मो.सा.अनियन्त्रित भई सडकमा पल्टिदा सडकमा बगेको पानीको भेलले शिवराम घिमिरेको छोरा वर्ष ४ को श्रेयान घिमिरे र वर्ष ८ की बेबिसा घिमिरेलाई बगाई बेपत्ता भएकोमा बेबिसा घिमिरे बगेको ठाउबाट २५ मिटर तल गम्भिर अवस्थामा फेला पारी उपचारको लागी ग्रिनसिटी अस्पताल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा साँझ १७;०० बजेको समयमा मृत्यु भएको छ भने वर्ष ४ को श्रेयान घिमिरेको अहिलेसम्म बेपत्ता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय