काठमाडौ /
आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबर्जस्ती क’रणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् ।

उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले पुष्टि गरे ।

स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हत’कडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो।खानीखोलाको प्रहरी निरीक्षकमा पोस्टिङ हुनका लागि पावर र पैसाको प्रयोग हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती क’रणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।


