नुवाकोट /
सामुहिक बलात्कारको मुद्दामा दोषी ठहर भएका नुवाकोटका अर्जुन कार्की पक्राउ परका छन् ।

नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का ४३ वर्षीय कार्कीलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय सुनाएको थियो ।

कार्की भने फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत, नुवाकोटले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय