प्रथम वाग्मती प्रदेश स्तरीय कराते प्रतियोगिता असोज २५ र २६ गते म्यागङको सामरीमा

खेलकुद ताजा समाचार

नुवाकोट /
“स्वास्थको लागी खेलकुद राष्ट्रको लागी खेलाडी” भान्ने मुल नारा सहित म्यागङको सामरी भञ्ज्याङमा प्रथम वागमती प्रदेश स्तरिय कराते प्रतियोगिता हुने भएको छ। यहि असोज २५ र २६ गते उक्त प्रतियोगिता हुन लागेको हो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुरसिङ लामाको प्रमुख आतिथ्यतामा हुने हुने उक्त प्रतियोगिताको विशेष अतिथीहरुमा नेपाली कांग्रेस नुवाकोटका क्षेत्र नं २ सभापति जगत तामाङ रहने छन।

प्रायोजक अशोक लोप्चन लामा सिंगापुर रहेको उक्त खेलको उद्घाटन सत्रको अतिथिहरुमा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ र उपप्रमुख सीता तामाङ रहनेछन।

नेपाल सितोरियो कराते डो सामरी कल्लाबारी नुवाकोटको आयोजनामा हुने उक्त प्रतियोगिताको खेल संयोजक गणेश तामाङ रहेका छन् ।

सम्पर्कको लागि:
गणेश तामाङ
खेल संयोजक
सम्पर्क नं: ९८४९०६९४०७/९८२३७३६६७६

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *