नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा अवस्थित प्रुम्थाङ गुम्बाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। माननीय प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।



कार्यक्रमको सभापति श्री प्रुम्थाङ गुम्बाका प्रमुख लामा लोप्साङदोर्जे लामा, प्रमुख अथिति माननीय हिरानाथ खतिवडा , विशेष अथितिहरुमा रामेश्वर खडका मगर, वडाध्यक्ष कमल बहादुर तामाङ, शहिद परिवार मिना वाइबा ( विमा ) लगायत नेकपा माओबादी केन्द्र म्यागङका सम्पूर्ण, विभिन्न संघ संस्थाहरु लगायतको उपस्थिती र मन्तव्य मन्तव्य रहेको थियो ।
उक्त गुम्बा बाग्मती प्रदेश सरकार पर्यटन विकास मन्त्रालयबाट आर्थिक बर्ष २०७८/०७९ मा विनियोचित रु: १४०००००/- चौध लाख रुपैया योजनाको सार्वजानिक सुनुवाई तथा नवनिर्मित गुम्बा भवन निरिक्षण कार्यक्रम, कार्यक्रममा स्वागत मन्तव्य यस गुम्बा ब्यवस्थापन तथा निर्माण समिति सदस्य मेक माया तामाङले गर्नु भएको थियो भने कार्यक्रम संचालन यस प्रुम्थाङ गुम्बा व्यबस्थापन तथा निर्माण समितिका अध्यक्ष लाल बहादुर लामाले गरेका थिए।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रमको विशेष अतिथिको रूपमा माओवादी केन्द्र म्यागङका इञ्चार्ज रामेश्वर खडका ,वडा नं -४ का अध्यक्ष कमलबहादुर तामाङ र मिना वाइवा उपस्थिति भएका थिए भने अन्य अतिथिहरुमा बुद्धि बहादुर तामाङ, चिजामाया तामाङ ,सम्झना गुरुङ, बिरबहादुर घले र सोमबहादुर तामाङ रहेका थिए।

