वाग्मती प्रदेशमा डेंगु महामारी: १२ सय ९१ संक्रमित

समाचार स्वास्थ्य

नुवाकोट /
दुई सातादेखि डेंगी सक्रमण वाग्मती प्रदेशमा सबैभन्दा बढी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २१ सय ७९ जनमा डेंगी संक्रमण पुष्टि भएकोमा वाग्मती प्रदेमा मात्र १२ सय ९१ जना छन्। त्यसपछि बढी संक्रमित हुनेमा लुम्बिनी प्रदेशमा ५ सय ८३ जना, तेस्रो बढी संक्रमित हुनेमा प्रदेश एकमा १ सय ४४, गण्डकीमा ५२ मधेसमा ४८, सुदूरपश्चिममा ४४ र कर्णालीमा १७ जना छन्।

वाग्मती प्रदेशमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्ला फैलिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भेन्टर कन्ट्रोल इनिसपेक्टर उत्तम प्याकुरेलले जानकारी दिए। उनका अनुसार उपत्यकामा घनाबस्ती भएको तथा एडिस लामखुट्टे फैलिने अनुकूल बासस्थान बढी मात्रामा भएकाले यी स्थानहरूमा बढी संक्रमण फैलिएको बताए।

हाल यो प्रदेशको मुख्य अस्पतालहरूमा २० देखि २५ जना डेंगी संक्रमणको कारण अस्पताल भर्ना भई उपचारमा रहेको प्याकुरेलले बताए। तीमध्येमा केही बिरामी गम्भीर अवस्थाका छन्। डेंगी प्रकोप तीव्र फैलिएपछि महाशाखााले स्थानीय निकाय र ललितपुरको ३० वटै र काठमाडौंको ३२ वटै वडासँग समन्वय गरी अभिमुखीकरण गरिसकेको इन्सपेक्टर प्याकुलले बताए।

डेंगी नियन्त्रणका लागि मुख्य उपाय लामखुट्टेको बासस्थान पहिचान र लार्भा नष्ट प्रक्रिया रहेकोले शुक्रबारदेखि नै उपत्यकाका सबै वडामा सरोकारवालासहित लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रम सुरु हुने प्याकुरेलले जनाए। प्याकुरेलका अनुसार सरकार एक्लैले सम्भव नभएकोले नागरिक समाज, आमा समूह, टोल सुधार समित, स्वास्थ्य स्वयंसेविका, सबैलाई परिचालन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *