नुवाकोटमा ४ हजार ५ सय ३७ मतदाता थपिदा: २ लाख ४१ हजार ९ सय ७१ पुग्यो

राजनीति समाचार

नुवाकोट/
जिल्लामा ४ हजार ५ सय ३७ मतदाता थप भएका छन् ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए ।

स्थानीय तहको निर्वाचन पश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।

आगामी मङ्सिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो।

असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी ४ हजार ५ सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

थप भएका सहित नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *