दाङ/
आज एकाबिहानै टिपरमा जलाएको घटनाबारे अनुसन्धान गर्दा टिपरका मालिकले नै जलाउन लगाएको खुलासा भएको छ। बीमाको पैसा असुल्ने लोभका कारण मालिकले नै टिपरका चालक र सहचालकलाई आगजनी गर्न लगाएको खुलेको हो ।

आज बिहान बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बन्दकर्ताले आगजनी गरेको हुनसक्ने आधारमा समाचारहरु बाहिरिएका थिए ।तर प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर बस्ने टिपर मालिक ४१ वर्षीय धनेश्वर भण्डारीकै निर्देशनमा उक्त घटना गराइएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीय टिपर चालक अरूण चौधरी र २६ वर्षीय सहचालक आकाश चौधरीले मालिककै योजना अनुसार टिपरमा आगजनी गरेका हुन् ।घटना शंकास्पद देखिएपछि प्रहरीले तत्कालै चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा मालिकले नै जलाउन निर्देशन दिएको खुलेको हो। सो खुलासापछि थप अनुसन्धानका लागि प्रहरीले टिपरका मालिकसहित तीनै जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, उक्त टिपर पुरानाे रहेकाे र मर्मत सम्भारमा धेरै खर्च भइरहेकाे भन्दै मालिकले नै बीमाकाे रकम असुल्ने दाउमा बन्दकाे माैका छाेपेर लगाउन लगाएका रहेछन् ।साे टिपर मर्मतका लागि ग्यारेजमा राखिएकाेमा अघिल्लाे दिन नै याेजना बमाेजिम झिकेर आज बिहान आगजनी गरेकाे पाइएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय