नुवाकोट /
नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिनसम्म झण्डा झुकाउने निर्णय गरेको हो।

त्यस्तै सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द गरिने छ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राखिने छ। १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसले जनाएको छ।

गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय