धर्तीको फोक्सो भनेर चिनिने मध्य अफ्रिकी देश कंगो जसले पृथ्वीको कुल बर्षावनको साढे १२ प्रतिशत भाग आफैमा समेटेर राखेको छ। जसले संसारमा प्रयोग हुने बहुमूल्य र बहुउपयोगी खनिज पदार्थको ६०% अंश आफ्नो गर्भमा सम्हालेर राखेको छ।
अहिलेको बजार भाउमा अनुमान लगाउने हो भने लगभग एक हजार सात सय लाख करोड डलर बराबरको खनिज सम्पदा यो देशमा रहेको अनुमान छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो अर्था DRC त्यो अभागी देश हो जसले ९०० बर्ष देखि सधैं मुक्तिको लागि छट्पटाइ रहेको छ , एक पेट र एक झुम्रोको लागि सधैं नै दास बनेका छन् त्यहाँका आदिवासीहरू ।
१३ औं शताब्दी तिर मणिकंगो नाम गरेका राजा द्वारा शासित देश विशाल थियो साना साना सरदार द्वारा कर संकलन गरेर राजाको दरबारमा बुझाइन्थ्यो, यो प्रणाली लामो समय चल्यो , कालान्तरमा १५ औं शताब्दी ताका पोर्चुगलबाट आएका यात्री डिएगो काओले तत्कालीन राजालाइ आफ्नो प्रभावमा पारेर खनिजको लुट गर्ने कार्य शुरु भयो , राजालाइ इसाई बनाइयो र बिस्तारै जनतालाइ इसाई बनाइयो।
सम्पूर्ण रूपमा कङ्गोमा पोर्चुगलको नियन्त्रण भएपछी राजालाइ काटेर मारियो , जनतालाइ गुलाम बनाएर बिक्री गरिने जार्यमा अझै तिब्रता आयो। पोर्चुगल द्वारा कङ्गोमा गरिएको लुटबाट लोभिएका अन्य साम्राज्यवादी शक्तिहरू डच, फ्रेन्च, र बेल्जियम पनि कङ्गोमा जरा गाड्न सफल भए। समय बित्दै गयो कङ्गो लुटिदै गयो कङ्गो बासी नाङ्गिदै गए।
१८८० तिर बेल्जियम को शक्ति अत्यधिक भएको ले अन्य राष्ट्र लाइ बिना ट्याक्स व्यापार गर्ने सुबिधा दिएर बेल्जियमले कङ्गोमा आफ्नो प्रोप्राइटरसिप कायम गर्यो ! रबरको बजारलाइ रबर आपूर्ति गरेर मुनाफा कमाउन उसले जनतालाइ नाङ्गो बनाएर रबरको चोप दल्ने र सुकेपछी उप्काएर युरोप बेच्ने जस्तो अमानवीय कार्य गर्यो। यस्तै क्रम चलिरह्यो १९६० सम्म, जब १९६० मा गयो तब मोग्तुसेसे ले १९९७ सम्म तानाशाह भएर राज्य गरे। शीत युद्ध को पराकाष्ठा र कम्युनिस्ट बिरोधि मोग्तुसेसेले लामो समय चुसेपनी देश अझै बदहाल बन्यो।
सन १९९७ मा मोग्तुसेसे सत्ता बाट हटेपछी ६ बर्ष भीषण गृहयुद्ध भयो करिब ६० लाख मान्छेको हत्या भयो। २००३ मा निर्वचनको नाटक गरियो र जोशेफ काबिला २०१८ सम्म एकछत्र शासक भए। अहिले त्यहाँ जोशेफ कबिलाको पार्टी समेतक गठबन्धन को सरकार छ देशमा एउटा पक्की सडक अहिलेसम्म बनेको छैन।
कङ्गोको यो दुर्दशा हुनुमा दोषी केवल शासक हुन् त? होइनन् शासक त जनतालाइ ढाटेर आफ्नो सत्ता जोगाउन चाहन्छ र अनेकौं उपाय अपनाउछ , लाखौं करोडौंको शक्तिलाइ बिभाजन गरेर आफ्नो स्वार्थ पुर्ती गर्नु सत्ताको लक्ष्य हो।के हामी र कङ्गोबासीमा समानता छ त? अवस्य पनि छ, आधुनिक नेपालको स्थापना पछि जब पृथ्वीनारायण शाहको मृत्यु भयो तत्पश्चात दरवारिया यौन लोलुपता र शक्ति संघर्षमा मुकदर्शक बनेका हामी जनता कदापि एक हुन सकेनौं ।
रण बहादुरको सनक देखि जङ्गबहादुरको दनक सम्म सबै सहन गर्ने र भक्त बन्ने जमातको कमि भएन।
राजा र राणाको परिवार एउटै परिवार थियो नातागोता देखि सबै दृष्टिकोणबाट, बाहिर झगडा को दृश्य देखाएर पनि उनिहरूको आन्द्रो सधैं जोडिएको थियो अझै पनि छ। बिदेशीको निर्देशानुसार शासन प्रणाली परिवर्तन गरिदै आएका छन् हरेक समयमा २००७, २०१७, २०३६,२०४६,२०५२,२०६३ सालका सबै परिवर्तन र प्रायोजित क्रान्तिका पटकथा लेख्ने र निर्देशन गर्ने पात्र साम्राज्यवादका एजेन्ट नै थिए।
जबसम्म जनता एक टुक्रो जुठो र एक झुम्रो जडौरी लगाउन को लागि जहिसम्म कुनै न कुनै दलाल शक्तिको हातमा खेल्ने कठपुतली बनिरहन्छन् तबसम्म कङ्गो जस्तै हाम्रो देशले पनि राणावाद, शाहवाद, महेन्द्रवाद, बहुदलवाद, गणतन्त्रवाद, साम्यवाद , समाजवाद , जस्ता वाद सगै मधेशवाद, जातिवाद, धर्मवाद, देखि मिश्रवाद, लामिछानेवाद जस्ता प्रयोगमा आँखा बन्द गरेर डफली बजाउने छन् ।
सधैं मालिकको गाथको कुशलताको लागि भजन गाउन तल्लिन बन्ने जनता आफ्नो नाक काटेर मालिकको गुद्वार टाल्ने प्रयत्नमा लागेसम्म वास्तविक परिवर्तन सम्भव छैन। यदि हामी वास्तविक जनता बन्ने हो भने स्वतन्त्र र स्व निर्णयमा समर्थ हुने हो भने हाम्रो दासत्वको डोरी छिन्नेछ। तसर्थ अब हामीले संकल्प गर्नुछ केवल नेपाली बन्ने र सबैलाइ केलाउने केलाएर मात्र रोज्ने कि।