नुवाकोट /
गोसाइँकुण्ड तीर्थयात्राबाट फर्किँदै गरेकी ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको छ। उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दुख्ने, जिउ दुख्ने र रिगाँटा लाग्ने समस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकि उनलाई नेपाल प्रहरीले बोकेर उद्वार गरेको हो।
उनी हिँड्न नसक्ने अवस्थामा पुगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो। त्यहाँ रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपछि धुन्चेतर्फ ल्याइएको प्रहरीले जनाएको छ।
