नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा यहि साउन २७ गते हुने लाखे जात्राको तयारीलाई तिब्र पारिएको छ। २ वर्ष कोरोना महामारी पश्चात् यसवर्ष भने बाजागाजा सहितको तयारी थालिएको हो।
सदियौं देखिको परम्परालाई निरंतरता दिन स्थानिय युवायुवतीहरुले टाकटुके ,गाईजात्रा र लाखेनाचको तयारी थालेका हुन।


यसवर्षको जात्रामा दमाई बाजागाजा सहितको गरिने स्थानिय आयोजक सामरी युवा क्लबले नुवाकोट जागरणलाई बताएको हो।
