नुवाकोट /
हिजो मंगलबार परेको अविरल वर्षाको कारण पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित बेत्रावति–कालिकास्थान पक्की सडकखण्ड अन्तर्गतको बनुवा भन्ने स्थानबाट खसेको पहिरोको कारण सडक पुर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अवरोध भएको सडक सुचारु गर्नको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
