डा बाबुराम भट्टराईको साथ नछोड्ने: डा भिमलाल तामाङको स्पष्टोक्ती

राजनीति समाचार

नुवाकोट /
जिल्लामा स्थापित नेता डा भिमलाल तामाङले आफुलाई जसपा र नेसपा दुबैमा केन्द्रिय सदस्य मनोनयन गरिएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।उनले आफू डा बाबुराम भट्टराईको साथ नछोड्ने स्पष्ट पार्दै आफ्नो धारणा राखेका हुन।

उनले आज मंगलबार सामाजिक संजाल मार्फत आफ्नो स्पष्ट धारणा राखेका छन ,”लेखेका छन, जसपाको केन्द्रिय सदस्यमा आफुलाई चयन गर्ने सबैमा धन्यवाद दिदै, थप लेखेका छन् “हामीले हिजो नयाँ शक्ति पार्टी, समाजवादी र पछी जसपा हुँदै गर्दा हामी सबैले संयुक्त रूपमा थुप्रै श्रम, समय, पसिना, पैसा आदिको ठुलो लगानी गरेका छौँ यसैले पनि नुवाकोट जिल्लाको सन्दर्भमा हामी बिभाजनमा भन्दा एकैठाउँमा रहि देश, जनता र यो मातृभूमिको लागि फेरिपनि एकपटक संगै भएर उभिन र श्रद्देया नेता पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बिचार, नीति, सिद्धान्त र दर्शनलाई साथ दिने निर्णय गरेको छु।

नेता डा भिमलाल तामङको स्पष्ट धारणाको पुर्णपाठ:

साथीहरू म स्थानीय निर्वाचनको परिणाम पश्चात् नेपालको राजनीतिक अवस्थालाई देखेर एक थकित र लज्जित अवस्थामा थिए र छु पनि ।कारण हो राजनीति स्वच्छ, निश्पक्ष, स्वतन्त्र र समाज बिकाशमा केन्द्रीकृत हुनुपर्छ र देश बिकाश अर्थात नेपाली जनतामा शुख, शान्ति र समृद्धिको अपरिहार्यता छ यसको अर्को कुनै पनि राजनीतिक विकल्प हुन सकिदैन भन्ने मेरो निचोड हो ।तर यो सबै कुराहरुको डरलाग्दो खडेरी नेपालको राजनीतिक दलहरूमा ब्याप्त छ चाहे त्यो जसपा होस् वा नेसपा वा अन्य कुनै पनि राजनीति दल कोहिपनि यो रोगबाट अछुत छैनन् ।

अर्को कुरा अहिलेको हाम्रो पार्टीको अवस्था एक प्रकारको लज्जास्पद र गहिरिएर सोच्नुपर्ने अवस्था हो ।म कसको पक्षमा लाग्ने भन्नेमा मात्र सिमित छैन र अबको बाटो अति नै जटिल हुनुको साथै त्यतिनै महत्त्वपूर्ण पनि रहेको छ ।नेपाली राजनीतिमा रहेको त्यो दुर्गन्ध, स्थानीय निर्वाचनको परिणाम र हाम्रो पार्टीमा देखा परेको वर्तमान समस्याले गर्दा पनि मैले कुनै नेतालाई भेट्ने इच्छा नगरेकै हो र अर्को कुरा भदौ १ बाट सुरु भएको सुज अभियान र यसको जिल्ला संयोजक पनि भएकोले म अलि जिल्ला केन्द्रीकृत भएकै हो र लगत्तै चुनावमा पुर्ण रुपमै जिल्लामा रहेकोले मेरो ब्याक्तिगत, पारिवारिक तथा कार्यलयको कामको चापका साथै बिदेश यात्रा क्यानडा र भरखरै फेरि एक हप्ताको सिङगपुर र मलेसियाको यात्राबाट नेपाल आइपुगेको छु र यहाँ आइपुग्दा म दुबै जसपा र नेसपाको लिस्टमा रहेछ यसलाई मैले अन्यथा लिएन नै किनकि एउटै पार्टीबाट अलग्ग हुँदै गर्दा सुरुमा यस्तो हुनु स्वाभाविक नै हो। यसको सकारात्मक पक्ष मैले यो बुझे दुबै पक्षले म बाट केहि आशा अवस्य गरेका रहेछन् भन्ने अनुभुती अर्को पाटो हो तर अब मैले एउटा निर्णय लिनै पर्छ।

जसपामा मलाई केन्द्रीय सदस्यका साथै राजनीतिक समितिको सद्स्यमा चयन गर्नुहुने सम्पूर्ण आदरणीय नेता ज्युहरुलाई धन्यवाद दिदै बिनम्रताका साथ म यो कुरा स्पष्ट पार्न चाहन्छु कि पार्टी एक्लो ब्याक्ती बाट चल्ने कुरा होईन र मलाई यो कुरा पनि राम्रोसँग थाहा छ कि हामीले हिजो नयाँ शक्ति पार्टी, समाजवादी र पछी जसपा हुँदै गर्दा हामी सबैले संयुक्त रूपमा थुप्रै श्रम, समय, पसिना, पैसा आदिको ठुलो लगानी गरेका छौँ यसैले पनि नुवाकोट जिल्लाको सन्दर्भमा हामी बिभाजनमा भन्दा एकैठाउँमा रहि देश, जनता र यो मातृभूमिको लागि फेरिपनि एकपटक संगै भएर उभिन र श्रद्देया नेता पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बिचार, नीति, सिद्धान्त र दर्शनलाई साथ दिने निर्णयका साथ तपाई सम्पूर्ण जिल्ला नेताकार्यकर्ता ज्युहरुलाई पनि यहि अह्वान गर्दै फेरि एकपटक तपाईं हामी जो जहाँ छौं त्यहीँबाट अझ बलियोका साथ संगै भएर उभिनलाई विनम्र अनुरोध गर्दछु ।तरै पनि तपाई सम्पूर्णलाई आ-आफ्नो इच्छानुसर स्वतन्त्र निर्णय लिने अधिकार सुनिश्चित रहेको प्रति म अति नै सचेत छु । मेरै आउला त सबै एकैनासको र बराबर छैनन् भन्ने कुराको राम्रो हेक्का राख्दै तपाईंको अलग्गै बिचारको पनि उति नै कदर सम्मान गर्दै मेरो यस बिचार र निर्णय प्रति पनि कोहि कसैले अन्यथा लिनुहुने र लिनुपर्ने छैन भन्दै तपाईको आफ्नो निर्णय आफैं गर्ने छुट यथावत रहेको पनि जानकारी गराउन चाहन्छु ।

यसमा मैले कोहि कसैलाई गलत मनसायले कुनै कुरा गरिएको छैन र गर्नु पर्ने पनि छैन ! यसैगरी तपाईंले पनि कुनै त्यस्तो भुल गर्नुहुने छैन भन्नेमा म बिश्वास्ता छु ।
जय मातृभूमि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *