काठमाडौं /
नेपाल समाजवादी पार्टीको पहिलो बैठकले डाक्टर बाबुराम भट्टराईलाई एक नम्बर वरीयताको अध्यक्ष र महिन्द्र राय यादवलाई अर्को अध्यक्ष बनाएको छ। तेस्रो वरीयतामा सहअध्यक्ष गंगानारायण श्रेष्ठ बनेका छन्। हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोब उपाध्यक्ष र रमेशप्रसाद यादवलाई महासचिवमा बनाएको छ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ। जसमा प्रदेश १ मा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको छ।
बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय गरेको छ। बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ।
