धादिङ /
जिल्लाको खनियाबास गाउँपालिका-४ का बेग बहादुर तामाङ ‘बेगे’ सुनसहित पक्राउ परेका छन् ।मंगलबार लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेसंगै शोभा तामाङ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका ‘बेगे’ को घरबाट बुधबार ३ थान पेस्तोल र ५ किलो सुन बरामद भएको धादिङका एसपी राकेश सिंहले बताए ।

‘पक्राउको क्रममा बेगे र शोभाको साथमा एक थान पेस्तोल, एक किलो सुन र डलर फेला परेको थियो’,एसपी सिंहले भने-‘घर खानतलासी गर्दा २ थान पेस्तोल, १ किलो फाइण्ड गोल्ड लेखिएको बिस्कुट आकारको सुन जस्तो देखिने ४ वटा पहेलो धातु र पेस्तोलमा लाग्ने गोली बरामद गरिएको छ ।

’६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङबेसीतर्फ आउँदै गर्दा ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।सुन ल्याउदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।

पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो। घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना सन्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक थापाले बताए ।पक्राउ परेको सुन परिक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x